Shikhar Insurance
National Life

चेम्बर अध्यक्ष मल्ल नेपाल खुला विश्वविद्यालयको विद्यापरिषद् सदस्यमा नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन २१, आईतवार १३:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल खुला विश्वविद्यालयको विद्यापरिषद् सदस्य पदमा नियुक्त भएका छन् । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय विद्यापरिषदको सदस्यमा अध्यक्ष मल्ललाई नियुक्त गरेको हो ।

नेपाल खुला विश्वविद्यालय शैक्षिक प्रशासनसम्बन्धी ऐन २०७४ बमोजिम अध्यक्ष मल्ललाई नियुक्त गरिएको विश्वविद्यालयले उल्लेख गरेकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विद्यापरिषद्ले व्यवस्थापन तथा कानुन संकायअन्तर्गत रहेर नयाँ शैक्षिक पेसागत एवं अनुसन्धान कार्यक्रम खोल्ने, समायोजन गर्ने वा खारेज गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने छ । यस्तै स्वदेशी एवं विदेशी विश्वविद्यालयका शैक्षिक संस्थाहरुमा अनुसन्धान, पेसागत कार्यक्रम तय गर्ने कार्यविधि निर्धारण गरिएको छ ।

अध्यक्ष मल्लले खुला विश्वविद्यालयमा चेम्बरको गतिविधि, व्यापार अनुभव एवं अर्थतन्त्रकाबारे विद्यार्थीहरुसँग अनुभव आदनप्रदानसमेत गर्नुहुने चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्