काठमाडाैं । आइतबार नेपाली बजारमा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको मूल्य आइतबार प्रतितोला ३ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्