Shikhar Insurance
National Life

बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० आश्विन १९, शुक्रबार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताएका छन्।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघले आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उनले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताए। उनले भने, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी उनले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासङ्घले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने बताए। देशमै दक्ष मानव संशाधनको अभाव हुनु र अर्कोतिर बेरोजगारी दर बढ्दै जानु चिन्ताको विषय भएको उनको भनाइ थियो । देशमा विभिन्न किसिमका व्यावसायिक तालिम निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, श्रम विभागलगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेको भन्दै अर्थमन्त्री डा महतले चिन्ता समेत व्यक्त गरे।

सो अवसरमा महासंघका अध्यक्ष अच्युत नेपालले बजारमा सीपमूलक तालिम र दक्ष जनशक्तिको माग एवं आपूर्तिकाबीच देखिएको दूरी अन्त्यका लागि सरकारसँगको साझेदारी र सहकार्यमा महासंघले छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्