काठमाडाैं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङबीच सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नेसम्बन्धी मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आज एक कार्यक्रमकाबीच सम्झौतापत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिवप्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआई मर्चेण्ट बैंकिङमार्फत हुनेछ ।
प्रतिक्रिया दिनुहोस्