काठमाडौँ । ब्रान्ड गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले उच्च पुर्बी पहाडी भेग चैनपुर, संखुवासभामा र पुर्बी तराई भेग बिर्तामोड, झापामा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरुको उदघाटन गरेको छ ।
नेपाल ल्युब आयल लिमिटेडले चैनपुरमा आफ्नो आधिकारक बिक्रेता लक्की सप्लायर्स र झापामा आफ्नो आधिकारक बिक्रेता साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रा लिको नया शोरुम उदघाटन गरेको छ । ग्राहकलाइ उच्च सेवा प्रधान गर्न र नेपालकै सर्वाधिक बिक्रि हुँने गल्फ लुब्रिकेन्ट सजिलै उपलब्ध गराउने लक्ष्य अनुरुप नया शोरुमहरु संचालनमा आएको कम्पनीले जनाएको छ । कम्पनीले हिमाल, पहाड, तराई र मधेसका सबै बिकट र निकट स्थानहरुमा गल्फ लुब्रिकेन्टका सेल्स आउटलेट संचालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।
लक्की सप्लायर्स शोरुमको उदघाटन नेपाल ल्युब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरी कार्यक्रमका अध्यक्ष श्री निग्मा डोरेले शेर्माुको उपस्थितिमा भएको छ भने साहारा कृषि अनुसन्धान तथा बिकास कम्पनी प्रा लिको शोरुम करण चौधरीुले सहारा कृषि सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पाठकुको उपस्थितिमा गरेका छन् । समारोहमा बोल्दै करण चौधरी भनेो,“गल्फ एक विश्व प्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड हो र यो नेपालकै सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड पनि हो । ग्राहकलाइ उच्च सेवा प्रधान गर्ने हाम्रो मूल उद्देश्य रहेको छ, यसमा प्रशिक्षित जनशक्ति र लुब्रिकेन्टको सजिलो उपलब्धताले ठुलो भूमिका निर्वाह गर्दछ । येही उद्देश्य अनुरुप हामीले दुई नया उच्चस्तरीय शोरुमहरु संचालनमा ल्याएका हौ र भविष्यमा सहजतालाई ध्यानमा राखी अरु शोरुमहरु पनि संचालनमा ल्याउने छौ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित बा्रन्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ ।
प्रतिक्रिया दिनुहोस्