Shikhar Insurance
National Life

कुमारी बैंकको ‘दशैं र तिहार परिवारलाई उपहार’योजना

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १८:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ ।

यस अवसरमा बैंकले ग्राहक माझ निकै लोकप्रिय कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ । २६ लाखको बीमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई रु एक लाखको मेडिकल बीमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बीमा तथा एक लाख सम्मको घातक रोग बीमा सुरक्षण समावेश गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै खाता खोलीएको पहिलो वर्षको लागि लकर सुबिधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्ने छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा २० हजार को मेडिकल बीमा सुविधा प्रदान गर्ने छ ।

बैंकले सानिमा जी आई सी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड सँग बीमा प्रदायक कम्पनीको रुपमा सहकार्य गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्