Shikhar Insurance
National Life

‘आइएमई पेले’ दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले आउँदै गरेको राष्ट्रिय चाड दसैं, तिहार तथा छठलार्ई लक्षित गर्दै आइएमई पे डिजिटल दसैं-तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गतेदेखि सुरु भइ मंसिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै हरेक साता १ जना भाग्यशाली सेवाग्राहीले Ultima Lifestyle को गिफ्ट ह्यम्पर पनि प्राप्त गर्ने छन्। अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार बराबरको सप्पिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यससँगै आइएमई पेमार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले जनाएका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्