Shikhar Insurance
National Life

मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवादः सभापति लामिछाने

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १५:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यावाद दिएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा प्राप्त समयमा सभापति लामिछानेले निगमले स्वचालित मूल्य प्रणालीअनुसार बढेको समयमा मूल्य बढाउने तर घटेको समयमा मूल्य नघटाउने गरेको आरोप समेत लगाए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“आयाल निगम पेट्रोलियम पदार्थ आफै आयात गर्छ, आफै व्यापार गर्छ र नियमन पनि आफै गर्छ”, उनले भने, “कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ तर सधैँ घाटामा रहन्छ । देशले यो घाटा कहिलेसम्म सहिरहनुपर्ने हो ?”

GBIME

प्रतिक्रिया दिनुहोस्