Shikhar Insurance
National Life

सरकारले लियो पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, अब पुरानै मूल्यमा पाइने

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १४:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो।

निगमका प्रबन्ध निर्देशक उमेश थानीले सरकारको निर्देशन अनुसार मूल्य वृद्धि फिर्ता लिएको बताए । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने भएको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्