Shikhar Insurance
National Life

स्रोत नखुलेको १० लाखसहित ज्याठाबाट भारतीय नागरिक पक्राउ

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार १२:५८
Hyundai
NCELL
NIMB

काठमाडाैं । जिल्ला प्रहरी परिसरअन्तर्गत रहेको प्रहरी वृत्त दरबारमार्गको टोलीले काठमाडौं महानगरपालिका–२७ ज्याठा चोकबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतीहारी घर भई हाल ललितपुर सानेपा बस्ने ४० वर्षीय रुपेश गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार ज्याठा चोकमा दरबारमार्गबाट खटिएको प्रहरी टोलीले बा९१प ९९५८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्कीभित्र रहेको ब्यागमा नगद १० लाख रूपैयाँ फेला पारी स्कुटर चालक गुप्तालार्ई गए राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्