Shikhar Insurance
National Life

डिसहोमको अभियानअन्तर्गतको विजेतालाई घरमै पुगेर पुरस्कार रकम प्रदान

सिंहदरबार संवाददाता
२०८० आश्विन १४, आईतवार ११:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत रानिवास भोजपुरका भुपाजित राईले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ । राईको घरमानै पुगेर डिसमिडिया नेटवर्कका प्रतिनिधिले उनको अनुपस्थितिमा परिवारलाई नगद १ लाख रूपैयाँ हस्तान्तरण गरेको हो ।

एक कार्यक्रमको आयोजना गरी सम्मान सहित उक्त पुरस्कार रकम प्रदान गरिएको कम्पनीले जनाएको छ । २०८० असोज ८ गते सोमवार भएको लक्की ड्र मार्फत रानिवास भोजपुरका राईले नगद १ लाख रूपैयाँ जितेको डिसहोमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालकै अग्रणी डिटिएच सेवा प्रदायक डिसहोमले दसैं-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना “हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार” सार्वजनिक गरेको हो । त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्