Shikhar Insurance
National Life

मन्त्रीमण्डल पुनर्गठनको तयारी, ‘टार्गेट’मा अर्थमन्त्री/गृहमन्त्री

सिंहदरबार संवाददाता
२०८० आश्विन १३, शनिबार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डल पुनर्गठनको तयारी थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका–चिन भ्रमण अघि नै गठबन्धनका शिर्ष नेताहरुबीच मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड चिनबाट फर्केपछि पुनः छलफल हुने स्रोतले बतायो । ‘दशैं अघि नै मन्त्रि हेरफेरको कुरा भएको थियो, चाडबाड मान्न दिएर हेरफेर गर्ने निर्णय पनि हुन सक्छ तर कात्तिक भित्र केहि मन्त्रीहरु हटाउने पक्का जस्तै छ’, स्रोतले भन्यो ।

स्रोतका अनुसार अहिले अर्थमन्त्री डा. प्रकाश शरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जिम्मेवारी हेरफेरको सम्भावना अधिक छ । त्यस बाहेक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि घर जाने लाइनमा छन् । नेकपा(एकिकृत समाजवादी)का दुबै मन्त्रीहरुलाई फिर्ता बोलाउने सम्भावना छ । अर्थमन्त्री डा. महतको परफरमेन्समाथि सबै भन्दा धेरै प्रश्न उठेको छ । राजश्व कम उठेर चालु खर्च धान्न नै सरकारले पहिलो दुई महिनामै पौनो खर्ब रुपैयाँ आन्तरिक ऋण उठाईसकेको छ । निजी क्षेत्रले संगठित रुपले नै सरकार विरुद्ध सर्वोच्च अदालतको संबैधानिक इजलासमा मुद्धा हालेका छन् । बैंकहरुलााई मर्जर र एफपीओमा कर लगाईदिएर ‘सक्छौ भने अदालत जाउ’ भनेर अर्थमन्त्रीले नै पटक पटक उक्साएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निजी क्षेत्रको मनोबल उकास्न नसकेको, लगानीकर्ता निरुत्साहित भएको, सेयर बजारबारे अनावश्यक टिप्पणी गरेर लाखौं लगानीकर्तालाई बिरोधी कित्तामा पुर्याएको, नेपाल राष्ट्र बैंकसँगको सम्बन्ध थप बिगारेको, कर प्रशासन अस्थिर बनाएको आरोप अर्थमन्त्री माथि लागेको छ । काँग्रेसको नेतृत्वमा अर्थमन्त्रालय हुँदा पनि आफुहरुले सर्वाधिक पिँडा भोग्नु परेको भन्दै व्यवसायीहरु शेर बहादुर देउवा निवास धाउने गरेका छन् । त्यसो त देउवा स्वयंले पनि डा. महतले ‘सोचे जस्तो काम नगरेको’ निष्कर्षमा पुगिसकेको स्रोत बताउँछ ।

डा. महतको विकल्प तत्काल नखोजी उद्योगी व्यवसायीहरु एमाले अध्यक्ष केपी ओलीको पक्षमा जाने भन्दै देउवालाई काँग्रेस निकट व्यवसायीहरुले निरन्तर दबाव दिईरहेका छन् । पछिल्लो समय एमाले अध्यक्ष ओलीले पनि निजी क्षेत्रलाई आफ्नो पक्षमा पार्नका लागि सार्वजनिक फोरमहरु तयार पारेर कन्भिन्स गर्ने प्रयास थालिसकेका छन् । एमालेले निजी क्षेत्रका एजेण्डा क्यास गर्ने प्रयासलाई गति दिएपछि देउवा पनि झस्किएको स्रोत बताउँछ ।

उता, गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रति भने काँग्रेस, एमाले देखि स्वयं माओवादी नेतृत्व नै असन्तुष्ठ रहेको छ । बालकृष्ण खाँण पक्राउ परेपछि देउवा पनि गृहमन्त्रीसँग रिसाएका थिए । माओवादीमा पनि बर्षमान पुन र कृष्ण बहादुर महरा तथा पूर्व उपराष्ट्रपति नन्द किशोर पुनको परिवारलाई सुन तस्करीमा मुछेको भन्दै गृहमन्त्री श्रेष्ठ विरोधी माहोल बनिरहेको छ ।
गृहमन्त्रीले खाली प्रचारवाजीका काम मात्रै गरेको आरोप छ ।

पर्यटन मन्त्री सुदन किराँतीको कामबाट प्रधानमन्त्री प्रचण्ड सुरुवाती दिन देखि नै असन्तुष्ठ रहँदै आएका छन् । पछिल्लो समय उट्फट्याङ गतिबिधी र अभिव्यक्ति मात्रै दिएको, ठोस उपलब्धि आउने गरि काम नगरेको, सरकारकै प्रतिपक्षी जस्तो व्यवहार देखाएको भन्दै किराँतीसँग प्रचण्ड रुष्ट छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँगको जुहारी, सिम्रिक एयरका मालिक रामेश्वर थापालाई काभ्रेमा हेलिकप्टर पार्किङका लागि अनुमति दिएपछि प्रचण्डले किराँतीको विकल्प खोज्ने निचोड निकालेको स्रोत बताउँछ ।

उता, एकिकृत समाजवादीका दुबै मन्त्रीको भने कार्यकाल नै सकिन लागेको छ । १० जना सांसद रहेको समाजवादीमा मन्त्री बन्ने लाइनमा ९ जना सांसद नै उभिएका छन् । सबैलाई पालै पालो मन्त्री बनाउने पार्टी नीति अनुसार अब भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र कृषि मन्त्री डा. बेदुराम भुषाललाई फिर्ता बोलाएर अन्य दुई सांसदलाई मन्त्री बनाउनेबारे छलफल भएको हो ।

अर्थ र गृहमा को ?
स्रोतका अनुसार काँग्रेस र माओवादीले अर्थ र गृहमन्त्रालय साटफेर गर्ने मनस्थिति बनाएका छन् । त्यस्तो अवस्थामा काँग्रेसले गृहमन्त्रालय लिएर माओवादीलाई अर्थमन्त्रालय दिने सम्भावना छ ।
माओवादीबाट बर्षमान पुन र जनार्दन शर्मामध्येलाई  एक जनालाई अर्थमन्त्री बनाउने तयारी छ । अर्थमन्त्री काँग्रेसले नै राख्न चाहेमा शर्मा र पुनमध्ये एकले गृह मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

एकिकृत समाजवादीबाट राजेन्द्र पाण्डे र किसान श्रेष्ठ वा प्रेम आलेमध्ये एक जनालाई मन्त्री बनाउन सक्नेछ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्