सेयर बजार र घरजग्गा कारोबार अप्राकृतिक ढंगले बढ्यो- अर्थमन्त्री डा. महत
काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गामा आवश्यकता भन्दा बढी वृद्धि भएको टिप्पणी गरेका छन् । चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ ।’ उनले पहिले आवश्यकता भन्दा खुकुलो मौद्रिक नीतिका कारण धेरै कर्जा प्रवाह भएको र अहिले कसिलो मौद्रिक नीति आउँदा समस्या भएको टिप्पणी पनि गरे । ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक ब्याजदर बढायो ।’, अर्थमन्त्री डा. महतले भने । उनले पछिल्लो समय सरकारलाई ऋणको दायित्व बढिरहेको पनि स्वीकार गरे । ‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने । उनले अहिले देशमा नकारात्मकता हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सकारात्मक ढंगले सोच्नुपर्नेमा पनि जोड दिए । ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा … Continue reading सेयर बजार र घरजग्गा कारोबार अप्राकृतिक ढंगले बढ्यो- अर्थमन्त्री डा. महत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed