Shikhar Insurance
National Life

सेयर बजार र घरजग्गा कारोबार अप्राकृतिक ढंगले बढ्यो- अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १९:११
Hyundai
NIMB

काभ्रे । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गामा आवश्यकता भन्दा बढी वृद्धि भएको टिप्पणी गरेका छन् । चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको छ । यसमा सुधार हुन जरुरी छ । सेयर बजारमा पनि सुधार आउँछ ।’

उनले पहिले आवश्यकता भन्दा खुकुलो मौद्रिक नीतिका कारण धेरै कर्जा प्रवाह भएको र अहिले कसिलो मौद्रिक नीति आउँदा समस्या भएको टिप्पणी पनि गरे । ‘हाम्रो अर्थतन्त्रले विस्तारै लय पक्रिदैछ । समस्या छन्, पहिला हामीले खुकुलो मौद्रिक नीति अपनायौं, धेरै खुकुलो हुँदा सजिलै पैसा प्रवाह भयो । त्यसपछि कसिलो मौद्रिक नीति आयो । जसले बैंक ब्याजदर बढायो ।’, अर्थमन्त्री डा. महतले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले पछिल्लो समय सरकारलाई ऋणको दायित्व बढिरहेको पनि स्वीकार गरे । ‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री डा. महतले भने ।

उनले अहिले देशमा नकारात्मकता हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै सकारात्मक ढंगले सोच्नुपर्नेमा पनि जोड दिए । ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’ डा. महतले भने ।

उनले अब नेपालमो पर्यटक पनि बढ्ने र रेमिटेन्स पनि बढी नै रहने दावी पनि गरे । ‘अब देशमा पर्यटक बढ्छन्, रेमिटेन्स यति धेरै आइरहेको छ, त्यो पैसा घुम्नुपर्ने हो । त्यसको प्रयोग भइरहेको छैन । नकरात्मक बहस चलाइएकाले त्यसको प्रयोग नभएको हो ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्