Shikhar Insurance
National Life

मुक्तिनाथ कृषि कम्पनीलाई १४ करोडको आईपीओ जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आईपीओ जाारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता आईपीओ सर्वसाधारणको लागि निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनी बि.स. २०७५ सालमा १ अर्ब अधिकृत पुँजी र ७० करोड जारी पुँजी सहित स्थापना भएको थियो । सोही पुँजीको २० प्रतिशतले हुने १४ करोडको आईपीओ जारी गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशनको काम एनआइएमबी एस क्यापिटलले गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुनेछ ।

कम्पनीले विभिन्न कृषि व्यवसायी, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दै कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तीय पहुँचमा सहजिकरण गरिरहेको छ । साथै कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन भूमिका खेलिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्