Shikhar Insurance
National Life

एलआईसी नेपालको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । एलआईसी नेपालले कम्पनीलाई जोडेर बीमितको रकम हिनामिना गरेको भन्दै गलत प्रचार गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ । सन २०२० ताका एक जना अभिकर्ताले आफ्ना नजिकका बीमितको पोलिसीबाट ऋण झिेको र सो ऋण उपयोग गरेको तर अहिले कम्पनीका विरुद्ध गलत प्रचार गरेको एलआईसीले बताएको छ ।

कम्पनीका कुनै एक बीमितको सहमति बेगर निजको बीमालेखबाट ऋण जारी भएको सूचना प्राप्त भएपछि सो तर्फ कम्पनीले अनुसन्धान गर्दा सन् २०२० मा एक अभिकर्ताले आवश्यक कागजात अर्को दिन ल्याइदिने आश्वासन दिई स्वयं आफ्नै बीमितको बीमाबाट योजनाबद्ध रुपमा वास्तविक बीमितको स्वीकृति बिना झुक्याई ऋण झिक्न लगाएको स्पष्टीकरण कम्पनीले दिएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुनःउक्त ऋण रकमबाट निज अभिकर्ताले आफ्नै कोडमा नयाँ बीमलेखहरू जारी गरी सो वापत कमिशन लगायत अन्य घोषित पुरस्कार एवं इन्सेन्टिभ प्राप्त गरि दुरुपयोग गरेका कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ। तर तीन वर्षपछि अहिले निज अभिकर्ताले आफू निर्दोष देखिन उक्त ऋण रकमबाट आफ्नै कोडमा खरिद गरेको नयाँ बीमाहरु र सो वापत प्राप्त कमिशन तथा अन्य सुविधा रकम उपभोग गरिसकेको तथ्यलाई लुकाई छिपाई केवल कम्पनीलाई बदनाम गराएको पनि एलआईसीले स्पष्ट पारेको छ ।

कम्पनीले सोही समयमा विस्तृत अनुसन्धान गर्दा निज अभिकर्ता नै घटनाको मूख्य योजनाकार रहेछन भनेर प्रष्ट भएको र सो कार्यमा संलग्न सम्बन्धित कर्मचारीलाई प्रचलित कानून बमोजिम कारवाही भइहेको र हाल उक्त बीमालेखको ऋण चुक्ता भई बीमा पुर्ण रुपमा चालु रहेको पनि कम्पनीले जानकारी दिएको छ ।

मुख्य दोषी अभिकर्तालाई स्पष्टीकरण पेश गर्न निर्देशन दिईएकोमा हालसम्म पनि कुनै प्रष्टीकरण नदिई वेवास्ता गरी बसेकोले उनले पाउने कमिसन तथा अन्य सेवाहरु ऋणमा मिलाउन गर्न थालिएको र अब उप्रान्त उनलाई नयाँ पोलिसी जारी गर्न रोक लगाईसकेको पनि कम्पनीले बताएको छ ।

‘यो पुरानो बिषय हो र सम्पूर्ण रुपले अभिकर्ता नै दोषी थिए, अहिले कम्पनीको बदनाम गराउने अभियानमा लागेको देखियो, हामीले स्पष्टीकरण सोधिसकेका छौं, जवाफ नआएकाले ऋण वापतको रकमका लागि उनका सुबिधा मिलान हुँदैछन्, नयाँ पोलिसी जारी गर्ने लगायतका सबै अधिकारी कटौती गरिसकेका छौं’, एलआईसी नेपालका कम्पनी सचिव सुदर्शन गिरीले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्