काठमाडौं । नबिल बैंकले ब्यालेन्स्ड फण्ड–२ नामक सामूहिक लगानी योजनाअन्तर्गतको म्युचुअल फण्डका एकाइ धनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । म्युचुअल फण्ड योजना व्यवस्थापकको सञ्चालक समितिको बिहीबार बिहान बसेको बैठकले उक्त प्रतिफल पारित गरेको हो ।
आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो ।
नबिल इन्भेस्टमेन्ट बैंकिङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कुल १ अर्ब १२ करोड रुपैयाँ बराबरको एकाइ बिक्री गरेको छ । जसको ९.६ प्रतिशतले हुन आउने रकमबराबरको प्रतिफल बाँड्न लागिएको बैंकले जनाएको छ ।
नबिल ब्यालेन्स्ड फन्ड-२ ले आव २०७८/७९ बाट एकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्