Shikhar Insurance
National Life

नेपाल वेयर हाउजिङ कम्पनीलाई आईपीओ जारी गर्न बाेर्डले दियाे अनुमति

सिंहदरबार संवाददाता
२०८० आश्विन १२, शुक्रबार १३:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्री खुला गर्नका लागि अनुमति दिएको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन गर्नका लागि बोर्डबाट असोज १० गते स्वीकृति पाएको हो ।

कम्पनीले चुक्त पुँजीको १३ लाख ६५ हजार कित्ता साधारण सेयर अंकित मूल्य १०० का दरमा आईपीओ निष्कासन गर्ने बोर्डले स्वीकृति दिइएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीकाे  आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक  हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुलाई छुट्टयाई बाँकी रहेको सर्वसाधारणहरुको लागि निष्कासन गर्नेछ ।

यस कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४०,००० मेट्रिक टन क्षेमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५,००० मेट्रिक टन क्षेमताको साइलो जडान भइरहेकोछ, र सो समेत पुस महिनासम्ममा सञ्चालनमा आउने छ ।

यो कम्पनी संस्थापन गर्नका उद्देश्यहरु मध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता बमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्डारण गृह हालसम्म सञ्चालनमा नरहेको हुँदा आफ्नो उत्पादनलाई तत्काल सस्तो मूल्यमा बजारमा बिक्री गर्नुपर्ने बाध्यता कृषकसँग रहिरहेको छ।अर्कोतर्फ त्यही खाद्यान्न केही महिनाको छोटो अन्तरालमा महँगो मूल्यमा कृषक समेतले दैनिक उपभोगका लागि खरिद गर्नुपर्ने अवस्था छ।

यो समस्याको समाधानका लागि नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले देशका तीनवटा महत्वपूर्ण स्थानहरु सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औद्याेगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई सेवा प्रदान गर्ने लक्ष्य लिएकोछ। कृषकहरुबाट उत्पादित खाद्यान्न भण्डारण गर्नका साथसाथै कृषकहरुलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्त हुने अवसर प्रदान गर्न कम्पनीले ती तीनवटै जिल्लामा भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनवेच हुने वातावरण र पद्धतिलाई समेत व्यवस्थित गर्ने लक्ष्य राखेको छ।

साथै कम्पनीले कृषक तथा खाद्यान्न संकलकहरुलाई घर खर्च तथा अर्को बालीका लागि आवश्यक पर्ने पुँजीको अभाव हुन नदिन निजहरुले कम्पनीको भण्डारण गृहमा राखेका खाद्यान्नको परिमाणलाई धितो मानेर वेयरहाउस रसिदको आधारमा बैंक तथा वित्तीय संस्थाहरुमार्फत ऋण प्राप्त गर्ने उचित व्यवस्थापन गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्