Shikhar Insurance
National Life

आईक्यापिटलको १० वर्ष पूरा, १० जना दृष्टिविहीन विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति प्रदान

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १७:५६
Hyundai
NCELL
NIMB

काठमाडौँ । आईक्यापिटल प्रालिले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेर ११ औं वर्षमा प्रवेश गरेकाे छ । आईक्यापिटल व्यक्तिगत लगानीबाट संस्थागत लगानीमा रुपान्तरण हुने र पूर्णरुपमा ‘भ्याल्यू इन्भेष्टिङ’ को सिद्धान्तमा प्रतिबद्ध हुने उद्देश्यसहित सन् २०१३ मा स्थापना भएको हो ।

यो कम्पनीको लगानी भेन्चर, रियल इस्टेट र सेयर बजार गरी ३ मुख्य सम्पत्ति वर्गहरुमा केन्द्रित रहेको छ । स्थापनायता १० वर्षको अवधिमा आईक्यापिटलले २४ वटा कम्पनीमा लगानी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल यसको व्यवस्थापनमा २ अर्ब २५ करोड रुपैयाँको सम्पत्ति रहेको छ भने १० वर्षको कम्पाउण्ड वार्षिक वृद्धिदर (सीएजीआर) १६ प्रतिशत रहेको कम्पनीले बताएको छ ।

विगत वर्षहरुमा जस्तै आईक्यापिटलले आफ्नो १० औं वार्षिकोत्सव परोपकारी काम गरेर मनाएकोमा सो अवसरमा कम्पनीले यस वर्ष आईक्यापिटल फाउण्डेसमार्फत त्रिनेत्र फाण्डेसनका १० जना दृष्टिविहीन विद्यार्थीलाई १ वर्षको छात्रवृत्ति प्रदान गरेको छ ।

सन् २००९ मा स्थापना भएको त्रिनेत्र फाउन्डेसनले दृष्टिविहीन, अनाथ र शारीरिकरुपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि छात्रावास र आर्थिक अभाव भोगिरहेका बालबालिकाहरुका लागि पठनपाठनमा सहयोग प्रदान गर्दै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्