Shikhar Insurance
National Life

प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १७:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेसनल २०२३ मिस्टर कन्जेनिलिटी विजेताका भएका छन् ।

सेप्टेम्बर ८ देखि १७ सम्म थाइल्यान्डको बैंककमा आयोजित १५औं मिस्टर इन्टरनेसनल २०२३ मा नेपालको प्रतिनिधिका रूपमा प्रतिस्पर्धा गरी नेपाली युवा प्रज्वल ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको हो । ३६ देशबाट ३६ सै जना सहभागी भएको उक्त प्रतिष्पर्धामा नेपालको तर्फबाट प्रज्वल ताम्राकार सहभागी भएको थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगितामा उनले प्रारम्भिक चरणमा ‘लाखे’ लाई राष्ट्रिय पोशाकको रुपमा प्रस्तुत गरेका थिए । सहभागि प्रतिष्पर्धी उम्मेद्वारहरूमध्ये सबैभन्दा मिलनसार, आकर्षक व्यक्तित्व र महत्वाकांक्षी उम्मेदवार रहेको भन्दै ताम्राकारलाई मिस्टर कन्जेनिलिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रज्वल ताम्राकारले सेप्टेम्बर ११ मा थाइल्याण्डको अयुथयामा भएको १५औं मिस्टर इन्टरनेसनलको परम्परागत रनवेमा नेपालको परम्परागत पोशाकको रूपमा ‘दौरा सुरुवाल’ प्रस्तुत भएका थिए । सो पोशाकको डिजाइनले नेपालको हिमाल, पहाड र तराई क्षेत्र र ती क्षेत्रहरूमा बसोबास गर्ने विभिन्न जातीय समूहहरूलाई प्रतिनिधित्व गर्छ । यसले नेवारी संस्कृति र नेपाल दुवैको प्रतिनिधित्व गर्छ ।

उनलाई बैंककमा अवतरणको क्रममा नेपालको राष्ट्रिय कवजसहित स्वागत गरिएको थियो । ३६ देशबाट प्रत्येक १ जना सहभागि भएको उक्त प्रतियोगितामा थाइल्यान्ड पहिलो, भनेज्वयला दोस्रो र ब्राजील तेस्रो भएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्