Shikhar Insurance
National Life

सुनकाे मूल्य एकैदिन प्रतितोला १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडाैं । बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्