Shikhar Insurance
National Life

भोजपुर रानिवासका भुपाजित राईले जिते १ लाख रुपैयाँ नगद

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । हरेक साता सुपरस्टार सिजनकै मेगास्टार योजना अन्तर्गत ७१९०६२१७२८७ कास आइडीका ग्राहक भुपाजित राईले नगद १ लाख रुपैयाँ जितेका छन् । सोमबार भएको ‘लक्की ड्र’ मार्फत रानिवास भोजपुरका राईले नगद १ लाख जितेका हुन् ।

नेपालकै अग्रणी डिटीएच सेवा प्रदायक डिशहोमले दसैं-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता ‘लक्की ड्र’ मार्फत नगद १ लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद १० लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैं जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिसहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारिक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्