Shikhar Insurance
National Life

सिर्जना कलेजका १८ विद्यार्थीले जिते नौ विधाको पुरस्कार  

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १६:०५
Hyundai
NCELL
NIMB

काठमाडौँ । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्ले विभिन्न नौ विधामा अध्ययनरत विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा गायन, नृत्य, चित्रकलालगायत नौ विधामा अध्ययनरत विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको हो ।

गायन, नृत्य, चित्रकला, वाद्यवाद, मूर्तिकला, ग्राफिक्सलगायत विषय अध्यापन हुने कलेजले वार्षिकोत्सवको अवसरमा यही वर्षदेखि पुरस्कारको व्यवस्था गरेको जनाएको छ । अब हरेक वर्ष १० देखि २० हजार रुपैयाँ राशिका यी पुरस्कारहरु उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिने क्याम्पस प्रमुख डा. बालकृष्ण रञ्जितले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वार्षिकोत्सवका अवसरमा चार दशकदेखि साधनारत सुप्रसिद्ध तबलावादक एवम् २०६८ सालदेखि निरन्तर कलेजमा तवला बादनको अध्यापन गराइरहेका डङ्कन दास चौधरीलाई कलेजले सम्मान गरेको छ ।

यसैगरी विभिन्न विधामा अध्ययनरत १८ विद्यार्थीले पुरस्कार पाएका छन् । जसमध्ये स्व. सुशीला दीक्षित र स्व. अनन्तमणि दीक्षितको स्मृतिमा स्थापना गरिएको सुशीला अनन्तमणि छात्रवृत्ति यस वर्ष आयुष्मा प्रधान र आरुषी अधिकारीले प्राप्त गरेका छन् । यो पुरस्कारको राशि जनही १० हजार रहेको क्याम्पसले जनाएको छ ।

त्यस्तै, कलाकार सुमित्रा राज्यलक्ष्मी सिंह तथा लिन्से स्टोकरद्वारा स्थापित सुमित्रा राज्यलक्ष्मीसिंह एण्ड लिन्से स्टोकर स्कलरसिप यस वर्ष आरुषी अधिकारी र अक्षतमानताम्राकारले प्राप्त गरेको कलेजले जनाएको छ । यो पुरस्कारको राशि जनही १० हजार रहेको छ ।

त्यस्तै, जनही रु १० हजार राशिका अन्य पुरस्कारमध्ये उत्तम खरेल मेमोरियल अवार्ड विवेक लामा, नम्रता श्रेष्ठ र निलेश शाक्य रहेका छन् । उनीहरुमध्ये लामा र श्रेष्ठ चित्रकला एवम् शाक्य मूर्तिकलाका विद्यार्थी हुन् । यसैगरी, लायन्स मनराम फाउन्डेसन अवार्ड ग्राफिक्स कम्युनिकेशनका रोशन साखः र दीपा पन्थले जितेका छन् ।

निरौला काठमाडौं क्यापिटल लायन्स क्लब अवार्ड नृत्य विषयका प्रकाश विक्रम गिरी र पलिस्था महर्जनले जितेका छन् । प्रमेश कान्त अधिकारी अवार्ड फर प्रिन्ट मेकिङको उपाधि रोजन खड्काले जितेका छन् । १० हजार राशिकै वै–नि कला लेखन समीक्षा र अनुसन्धान पुरस्कार त्रिविका विद्यावारिधि शोधार्थी विश्वराज पराजुली, जास्मिन राज भण्डारी र चाँदनी जोशीले पाएका छन् ।

त्यस्तै, अवार्डमध्ये सर्वाधिक राशिको सिर्जना कलेज अफ फाइन आर्टस् आउटस्ट्याण्डिङ स्टुडेन्ट अवार्ड स्नातक तहमा सर्वाधिक अंक ल्याउने विवेक लामाले जितेका छन् । यो अवार्ड २० हजार राशिको रहेको छ ।

सिर्जना कलेज ललितकलासम्बन्धी नेपालको पहिलो सामुदायिक कलेज हो । कक्षा ११ देखि स्नातक तहसम्म अध्यापन गराउने यो कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धप्राप्त कलेज हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्