Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकका १ हजार कर्मचारीलाई नेसनल बैंकिङ इन्स्टिच्युटले तालिम दिने

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १४:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडबीच सर्टिफिकेसन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बुधबार सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात चालु आव २०८०/८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिका लागि नेसनल बैंकिङ इन्स्टिच्युटले हाललाई १ हजार जना कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेसन कोर्षको बैंकिङ तालिम प्रदान गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रूपमा कर्मचारीहरुलाई तालिम दिइरहेको बताउँदै तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने बताए ।

इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्नु हुँदै बैंकले कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गर्ने बताए ।

उक्त समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पध्मा लक्ष्मी जिसी, नेशनल बैंकिङ इन्ष्टिच्युटका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, सम्झना दाहाललगायतको उपस्थिति थियो

बैंकको हाल सातै प्रदेस ७७ जिल्लामा २ सय ८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्