Shikhar Insurance
National Life

सुजुकीको दसैं अफर : स्कुटर र बाइक किन्दा १० ग्राम सुनको सिक्का उपहार

सिंहदरबार संवाददाता
२०८० आश्विन १०, बुधबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सुजुकी मोटरसाइकल र स्कुटरले ‘बाँडौं खुसी, चढौं सुजुकी’ अफर ल्याएको छ । कम्पनीको नेपालका लागि आधिकारिक आयतकर्ता तथा वितरक भीजी अटोमोबमाइल्सले दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकले सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म पक्का छुट पाउने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कुनै पनि सुजुकी ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ र अन्य कुनै ब्रान्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन पाउन सकिने छ ।

यस्तै, शून्य प्रतिशत फाइनान्स र एक वर्षसम्मको सडक कर भुक्तानीको सुविधासमेत ग्राहकले पाउने छन् । अफरअन्तर्गत हरेक १५ दिनमा ‘लक्की ड्र’मार्फत बम्पर उपहारमा १० ग्राम सुनको सिक्का एकजना ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्