Shikhar Insurance
National Life

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिले आफ्ना अभिकर्ता, ग्राहक बर्ग एवं सर्वसाधारणहरूलाई लाई सहज र सरल तरिकाले थप सेवा सुविधा उपलव्ध गराउने उद्देश्यले स्मार्ट मोबाइल एपको सुरुवात गरेको छ । कम्पनीले काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रममा अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले कम्पनीको स्मार्ट मोवाइल एपको शुभारम्भ गरे ।

मोबाइल एपको शुभारम्भ गर्दै अध्यक्ष सिंहले कम्पनीले सुरु गरेको यस स्मार्ट मोबाइल एपबाट आफ्ना अभिकर्ता तथा बीमितहरूले घरबाटै आफ्नो बिमालेखसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने भएकाले कम्पनीको विश्वसनियतामा अझ वृद्धि हुने विचार व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अभिकर्ता सञ्जाललाई व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता अनुरुप कम्पनीले स्मार्ट मोबाइल एप लञ्च गरेको र यस एपको माध्यमबाट अभिकर्ता तथा ग्राहकहरूले डिजिटलाइजेसनको मार्फत छिटो छरितो कार्य सम्पादन गर्न सक्ने बताए ।

स्मार्ट एपको विशेषताका बारेमा कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले विस्तृत जानकारी गराउँदै यस एपबाट अभिकर्ताले आफ्नो लगायत सञ्जालको व्यवसाय साथै आफ्ना बिमितहरूको बीमालेख सम्बन्धमा आवाश्यक जानकारी प्राप्त गर्न सकिने र एपमार्फत नै आफ्ना बीमितहरूलाई सम्पर्क गरी बीमालेख व्यतित हुनबाट जोगाउन सक्ने व्यवस्था रहेका बारे जानकारी गराए ।

यसैगरी कम्पनीका बिमितहरूले एपमार्फत बिमाशुल्क नवीकरणका सूचना प्राप्त गर्न सक्ने र एप मार्फत नै नविकरण बिमाशुल्क डिजिटल भुक्तानी गर्न सक्ने एवं सर्व साधारणहरूले पनि कम्पनीका बारेमा विविध महत्वपूर्ण सूचनाहरू प्राप्त गर्ने लगायतका धेरै विशेषताहरू एपमा रहेको जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागि अभिकर्ताहरूले एपको माध्यमबाट सहजरूपमा घरै बसी धेरै कार्य गर्न सकिने भएको हुँदा आगामी दिनमा बीमा व्यवसाय प्रवद्र्धनमा अझ बढी सहयोग मिल्ने धारण राखेका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्