Shikhar Insurance
National Life

एनआईसी एसिया क्यापिटलद्वारा पुँजी बजार साक्षरता कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १७:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया क्यापिटल र सिभिल होम्स कल्याण समाजको संयुक्त आयोजनमा सिभिल होम्स निवास कल्यार्णेश्वर मन्दिर प्रांगणमा पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

एनआईसी एसिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले त्यस आवासिया क्षेत्रमा बसोबास गर्दै आएका सम्पूर्ण बासिन्दाहरुलाई डिम्याट खाता, प्रथामिक सेयर, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, धितोपत्रको दोस्रो बजार तथा दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ भन्ने विषयमा आवश्यक जानकारी प्रदान गरिएको थियो ।

साथै, दोस्रो बजारमा सूचीकृत कम्पनीहरुमा लगानी गर्नेसम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरुलगायत समग्र पुँजी बजारको पछिल्लो अवस्थाका बारेमा विस्तृत जानकारी तथा छलफल गरिएको थियो । उक्त कार्यक्रममा सो क्षेत्रमा बसोबास गर्ने ४० जनाभन्दा बढी बासिन्दाहरुको सहभागिता रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्