Shikhar Insurance
National Life

नेप्से र कारोबार रकम दुबै घट्यो, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो कारोबारको दिन १९.४२ अंक घटेर बन्द भएको नेप्से सोमबार पनि सोहि गतिलाई निरन्तरता दिएको हो ।

नेप्से घटेसँगै २ कम्पनीको लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत सेयर मूल्य गुमाएका छन् । यसदिन शुभम् पावर र थिस्टार हाइड्रोपावरको सेयर लगानीकर्ताहरुले १० प्रतिशत सेयर मूल्य गुमाएका हुन् । त्यस्तै, अप्पर लोहोरे खोलाको ९.९० प्रतिशत, स्वरोजगार लघुवित्तको ७.७२ प्रतिशत र एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ३.८२ प्रतिशतले घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कारोबारमा आएको माइ खोला हाइड्रोपावरका लगानीकर्ताहरु मालामाल भएका छन् । यसदिन सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी, एशियान हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, इस्ट्रन हाइड्रोपार र हिमालयन लघुवित्तको ९.९७ प्रतिशत, हिमालयन उर्जा विकासको ९.९६ प्रतिशत र सयापत्री हाइड्रोपावर कम्पनीको ९.०८ प्रतिशत सेयर मूल्य बढेको छ । भने, अन्य कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा कमले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ५.८९ अंक घटेर २,००४.४५ को विन्दुमा झरेको छ । त्यस्तै, ठूला कम्पनकिो सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.९४ अंक घटेर ३८३.६७ को विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ३२ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८४ कम्पनीको ७८ हजार ४२१ पटकको कारोबारमा १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको ६५ लाख १६ हजार ६ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने, १० कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष सथानमा छ । कम्पनीको ७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ५८ लाख, एनआइसी एशिया बैंकको ४ करोड ६३ लाख, शिवम् सिमेन्टको ३ करोड ४९ लाख र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्