Shikhar Insurance
National Life

‘पठाओ दसैं महोत्सव’ घोषणा, ग्राहकलाई फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडाैं । पठाओ नेपालले आउँदै गरेको बडादसैंको अवसरमा असोज ८ गते (सोमबार) देखि ‘पठाओ दसैं महोत्सव’ अफर सुरू गरेको छ ।

असोज ८ गते सुरू भएको महोत्सव असोज २८ गतेसम्म हुने कम्पनीका प्रवक्ता शशांकशमशेर थापाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस महोत्सवमा कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाई, यो दसैं रमाई-रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए ।

कम्पनीले अफरको बम्पर पुरस्कारअन्तर्गत यामाहासँगको सहकार्यमा दुई जनालाई यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर दिइने थापाले बताए ।

यस महोत्सव अवधिभर चालकहरूले केही राइड बढी लिँदै जाँदा कमिसन पनि घट्दै जानेछ । हाल साधारणतया बाइकमा २० प्रतिशत र कार लाइट (ट्याक्सी) मा १५ प्रतिशत कमिसन रहेको छ । अब भने धेरै राइड लिने राइडर र क्याप्टेन (ट्याक्सी चालक) को कमिसन घट्दै जानेछ । जसमा अधिकतम राइड गर्नेले तिर्ने कमिसन घटेर कम्तीमा १ प्रतिशतसम्म आउनेछ ।

बम्पर विजेता ‘लक्की ड्र’बाट छानिने र लक्की ड्रमा उम्मेदवार बन्नका लागि राइडर, क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन)ले निश्चित नियमका साथ निश्चित राइड पूरा गर्नुपर्ने कम्पनीले बताएको छ ।

कम्पनीले असोज ३० गते पठाओ नेपालको आधिकारिक सामाजिक सञ्जालबाट लाइभ गरी ‘लक्की ड्र’ मार्फत बम्पर पुरस्कार घोषणा गरिने जनाएको छ ।

ग्राहकका लागि पनि पठाओले आफ्नो एपमा छुट नै छुट लिएर आएको छ । जसअनुसार ग्राहकहरूले फुड अर्डर, कार राइड र बाइक राइडमा ७० प्रतिशतसम्म छुट पाउनेछन् ।

यस्तै पठाओ फुड डेलिभरीमा पाँच वर्षको उपलक्ष्यमा ५, ५५ र ५ सय ५५ रूपैयाँको अफरहरू लिएर आएको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्