Shikhar Insurance
National Life

ट्रुमीको स्याम्पोदेखि हेयर वाक्ससम्मका यी उत्पादनले केशको हेरचाहमा सघाउँछ

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १४:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि ट्रुमीको आधिकारिक बिक्रेता ट्रु डर्मा एसएले जारी गरेको ‘रिभ्यू नोट’मा ट्रुमीका स्किन तथा हेयरकेयर प्रोडक्टहरुलाई सिनियर ब्युटिसियन र डर्माटोलोजिस्टले समेत प्रशंसा गरेका छन् । कपाललाई सुन्दर, मुलायम तथा स्वस्थ बनाउन बजारमा ट्रुमीका विभिन्‍न उत्पादनहरु बजारमा उपलब्ध छन्।

ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको छ। जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ पर्छ। ट्रुमीले बजारमा हेयर केयरका सात महत्वपूर्ण सामग्रीहरु ल्याइसकेको छ । जसमा कपाल झर्ने समस्या समाधानका लागि ‘हेयरफल कन्ट्रोल स्याम्पो’ पर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार सल्फेट नभएको यो स्याम्पोले कपाल झर्ने समस्याको मात्र समाधान गर्दैन, कपाललाई स्वस्थ राख्न र लामो बनाउन मद्दत गर्छ । ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ ।

मूलायम कपालका लागि ट्रुमीको केराटिन हेयर सिरम उपयुक्त छनोट हुनसक्छ। यसले कपालका लागि आवश्यक पोषक तत्व प्रदान गर्ने कम्पनीले बताएको छ। १०० मिलिलिटरको बोतलमा उपलब्ध केटारिन हेयर सिरमले खस्रो र सुक्खा कपाल मुलायम राख्छ। हाम्रो कपालमा प्राकृतिक रूपमा नै केराटिन नामक प्रोटिन पाइन्छ । त्यही केराटिनको शक्तिलाई ‘ट्रुमी केराटिन हेयर रिबोन्डिङ’नामक सामग्रीले अझ सबल बनाइदिन्छ ।

नवीनतम फर्मुलाका आधारमा तयार गरिएको यो उत्पादनको प्रयोगले कपाललाई नरम र सीधा बनाउँछ । केराटिनको कमीका कारण कपालमा निम्तिने सुक्खापनलगायतका समस्या आउँछन् । केराटिन हेयर रिबोन्डिङको प्रयोगले लट्टा पर्ने समस्या पनि कमी हुने कम्पनीले जनाएकाे छ ।

त्यसैगरी, ‘ट्रुमी हेयर ब्लिच पाउडर’ , ‘ट्रुमी केराटिन ट्रिटमेन्ट स्पा’, ‘ट्रुमी हेयर वाक्स’ लगायत विभिन्‍न उत्पादनहरु बजारमा उपलब्ध छन्। जसले कपाललाई सुन्दर, मुलायम तथा स्वस्थ बनाउनुका साथै कपालको हेरचाहमा समेत फलदायी हुने कम्पनीले बताएको छ। यो हेयर वाक्स ६०० र ८०० ग्रामको प्याकेटमा उपलब्ध छन् ।

सिनियर ब्युटिसियन रुस्का श्रेष्ठले ट्रमीका उत्पादनहरु प्लान्ट बेस्ड प्रोडक्ट भएको बताइन्। उनले भनिन्, ‘यसले निकै अध्ययन गरेर गुणस्तरीय सामग्री ल्याएको छ। यसका हेयर केराटिन, हेयर कलरिङलगायत जति पनि प्रोड्क्ट छन्, सबै गुणस्तरीय छन्।’

त्यसैगरी छाला रोग विशेषज्ञ डा। असित घिमिरेले पनि ट्रु डर्माको स्तरीय प्रोडक्ट बजारमा ल्याएको संस्थाले नै ट्रुमीका हेयरकेयर सामग्री लन्च गरेकाले यसमा सधै विश्वास गर्न सकिने बताउँछन् । ‘ट्रुमीका उत्पादनहरु नयाँ हुन् तर भर पर्दा छन् ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्