Shikhar Insurance
National Life

बंगलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ९ सयभन्दा बढी पुग्यो

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १२:३९
Hyundai
NCELL
NIMB

ढाका । बंगलादेशमा यस वर्ष हालसम्म १ लाख ८७ हजार ७ सय २५ जनामा डेङ्गुको सङ्क्रमण देखिएकोमा ९ सयभन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कुल ९ सय ९ जना डेङ्गु सङ्क्रमित विरामीको मृत्यु भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९ सय १७, अगस्टमा ७१ हजार ९ सय ७६ र जुलाईमा ४३ हजार ८ सय ५४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यस वर्ष हालसम्म निको हुनेको सङ्ख्या १ लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्