Shikhar Insurance
National Life

एभरेष्ट बैंकका लगानीकर्ताले पनि दशैं खर्च पाउने, २०.५३ प्रतिशत लाभांश पाउन १६ गते बुक क्लोज

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १०:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंकका लगानीकर्ताले पनि दशै अघि नै लाभांश पाउने भउका छन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई २०.५३ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ । सो लाभांश पास गर्नका लागि बैंकले असोज ३० गतेका लागि बार्षिक साधारण सभा डाकेको छ ।

बैंकले असोज १६ गते बुक क्लोज तोकेको छ । अर्थात असोज १६ अघि कायम रहेका बैंकका लगानीकर्ताहरुले २०.५३ प्रतिशत लाभांश पाउनेछन् । एभरेष्टले यसपाली १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद लाभांश(करसहित) दिँदैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४ सय ३६ रुपैयाँ रहेको छ । बैंकले एक अर्ब ६ करोड ९८ लाख ९ हजार ४ सय ४४ रुपैयाँ बराबरको १० प्रतिशत बोनस सेयर दिँदैछ । त्यस्तै, एक अर्ब १२ करोेड ६५ लाख ९ हजार ३ सय ४४ रुपैयाँ बराबरको १०.५३ प्रतिशत नगद लाभांश(करसहित) दिँदैछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्