Shikhar Insurance
National Life

नेपाल चेम्बर अफ कमर्स र सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने सहमति

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड सीसीपीआईटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा भएको बीटुबी वार्तामा चेम्बर र सीसीपीआईटीबीच नेपालमा संयुक्त रुपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो ।

पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्बन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी वर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अ्रध्यक्ष मल्लले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि, सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रहसमेत गरेका थिए । अध्यक्ष मल्लले भने, ‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्छु ।’ सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपुर्ण हुने उनको भनाइ छ ।

अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोडसमेत दिए । नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवं चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महत्वपूर्ण भएको बताए ।

नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युतलगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्लसहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्