Shikhar Insurance
National Life

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम) को अध्यक्ष पदमा नियुक्त भएका छन् ।

न्यौपानेले अध्यक्षमा नियुक्त हुनुअघि बैंकको तर्फबाट सञ्चालकको रूपमा प्रतिनिधित्व गर्दै आएका थिए । नवनियुक्त अध्यक्ष विश्वम्भर न्यौपानेले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगना तिम्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत १९ वर्षदेखि माछापुच्छ्रे बैंकमा आबद्ध भई हाल उनी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका हुन् । साथै उनीसँग बैंकिङ क्षेत्रको २५ वर्षभन्दा लामो अनुभव रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्