Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंककाे जुनसुकै शाखाबाट पनि बोटलर्स नेपाले ऋण लिन पाउने

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रमसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता कार्यान्वयन गर्नका लागि एक समझदारी पत्रमा बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौताअनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्नका लागि आधिकारिक डिष्ट्रिब्युटर्सहरुलाई आवश्यक चालू पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ । बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरुले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका साथै बोटलर्स नेपाल लिमिटेडका मेनेजिङ्ग डाइरेक्टर दीपक सेन्थिलनाथ लगायत दुवै संस्थाका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३ सय ५० शाखा कार्यालय, ३ सय ६९ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरबाट सेवा प्रदान गरिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्