Shikhar Insurance
National Life

डिसहोममा नयाँ नेपाली फिल्मको मेला, अहिले सुपरहिट चलचित्र झिंगेदाउ प्रदर्शनमा

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १६:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिसहोममा मात्र प्रदर्शन भइरहेको छ । विभिन्न कारणवश हलसम्म गएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अब डिसहोममार्फत सपरिवार एकै साथ बसेर हेर्न सकिने कम्पनीले बताएको छ ।

अहिले केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल आदी कलाकारहरुको अभिनय रहेको सुपरहिट चलचित्र झिंगेदाउ डिसहोम सिनेमाघर च्यानल नं. १०८ मा असोज ५ गते देखि प्रदर्शन भइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छक्का पञ्जा ४, प्रकास, कृष्ण लिला, नाई नभन्नु ल ६, प्रसाद २, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिसहोम सिनेमाघर को साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन हुनेछन् । सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको फोन नं. १६६००१२२००० मा फोन गरेर, नजिकैको डिसहोम विक्रेता वा डिलरदाइमार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।

यस्तै डिसहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बनस सँगै नयाँ-नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ । तीन महिना अथवा एक हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ३ सय २५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा २ हजार वा सोभन्दा माथिको रिचार्जमा ६ सय ५० रुपैयाँ बराबरको २ ओटा मुभी टिकट, १२ महिना अथवा ५ हजार रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १ हजार ३ सय रुपैयाँ बराबरको ४वटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नुहुनेछ ।

डिसहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएसमार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।

डिसहोमको यो प्रयासले सपरिवार सँगै तथा आफूले चाहेको समयमा नयाँ चलचित्र हेर्न सकिनेछ । यस्तै नेपाली चलचित्रप्रति दर्शकहरुको चासो र माया वढ्नुका साथै नेपाली चलचित्रको विकास तथा प्रवर्धनमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्