काठमाडौं । डेल्टिन नेपाल प्राइभेट लिमिटेडले नन्दी माध्यमिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमका बीच नन्दी माध्यामिक विद्यालयलाई कम्प्युटर ल्याब हस्तान्तरण गरेको छ । नन्दी माध्यमिक विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवम् पूर्वस्वस्थ्य तथा जनसंख्यामन्त्री गगनकुमार थापाद्वारा कम्प्युटर ल्याब हस्तान्तरण गरिएको हो ।
महामन्त्री थापालाई समारोहलाई सम्बोधन गर्दै डेल्टिन नेपालको यो सामाजिक उत्तरदायित्वअन्तर्गतको कम्युटर ल्याप हस्तान्तरणले नन्दी विद्यालयका विद्यार्थीहरुको भविश्यमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । आजको डिजिटल साक्षरता र प्राविधिक विकासको समयमा इन्टरनेट र कम्प्युटरको उपलब्ध गराई देशको शैक्षिक क्षेत्रमा योगदान गरेकोमा डेल्टिन नेपाललाई महामन्त्रीले धन्यवाद दिएका थिए ।
त्यसैगरी डेल्टिन नेपालका अपरेशन हेड सुभान्वित गुरुङले कम्पनीको यो सामाजिक कार्यलाई भोलीका दिनमा पनि निरन्तरता दिने बताएका छन् । कम्प्युटर ल्याबबाट विद्यार्थी भाइबहिनीहरुले धेरैभन्दा धेरै लाभ लिनेमा आफू ढुक्क भएको अपरेसन हेड गुरुङले सुनाए ।
त्यसैगरी डेल्टिन नेपालका मानव संसाधन प्रबन्धक नविन खातीले अत्याधुनिक कम्प्युटर ल्याब हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन् । डेल्टिन नेपाले १७ लाख रुपैयाँको लगानीका २३ वटा कम्प्युटर, प्रोजेक्टर, ३ वटा फ्यान सहित कम्प्युटर ल्याप हस्तान्तरण गरेको छ । डेल्टिन नेपाल प्राइभेट लिमिटेडको सुरुवात डेल्टिन ग्रुपको अन्तर्राष्ट्रिय भेन्चरको रुपमा २०७५ साल भदौ १४ काठमाडौंको मेरियट होटलमा खोलिएको थियो । अहिले २५० जनाले रोजगारी पाएका छन् ।
कम्प्युटर ल्याब हस्तान्तरण समारोहमा काठमाडौं महानगरपालिका वाडा नं १ अध्यक्ष भरतलाल श्रेष्ठ, पर्यटन विभाग निर्देशक कालीप्रसाद भुजेल, नन्दी विद्यालयका प्रधानाध्यापक गीता काफ्ले, एभरेष्ट हस्पिटालिटी एण्ड होटल प्रा। लिमिटेडका प्रमुख शशिकान्त अग्रवाल, अतिरिक्ता दुरुपयोग अनुसन्धन आयोग कि पूर्वआयुक्त डा. सावित्री थापा गुरुङ र प्रहारी नायब उपरीक्षक (डीएसपी) इन्द्र सुवेदी लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्