Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न एनआईसी एसिया बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १४:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ।

बैंकले असोज २८ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठामाडौंमा वार्षिक साधारणसभा बोलाएको हो। बैंकको २६औं वार्षिक साधारणसभा बिहान ९ बजे शुरु हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थका लागि बैंकले असोज १६ गते देखि २८ गतेसम्मका लागि बुकक्लोज गर्ने भएको छ। सोहि अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्