Shikhar Insurance
National Life

प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छः अध्यक्ष सिलवाल

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुखहरूलाई आफ्नो कर्तव्य तथा जिम्मेवारी इमान्दारीसाथ बहन गरी जवाफदेही भएर काम गर्न निर्देशन दिएका छन् ।

नेपाल बिमा प्राधिकरणबाटे बिहीबार वीरगञ्जमा आयोजित बिमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले प्रत्यायोजित अधिकार प्रभावकारी किसिमले पूर्णरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष सिलवालले भने, “बिमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख र कर्मचारीहरूले लक्ष्यमा मात्र ध्यान नदिई गुणस्तरमा पनि ध्यान दिनुपर्छ, जोखिमांकन राम्रोसँग गर्नुपर्छ, कानुन, नियम, निर्देशिका र निर्देशनहरू पूर्णरुपमा पालना गर्नुपर्छ, कानुन, नियम, निर्देशिकाविपरीत कार्य गरेमा अबको कारबाही स्थानीय कर्मचारीसम्म पुग्छ, सजक भएर काम गर्नुहोला ।”

नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले उधारो बिमा निर्जीवन बिमामा मात्र नभई जीवन बिमामा समेत पाइएको उल्लेख गर्दै उधारो बिमा नगर्न र बिमितिको विश्वास जित्नेगरी काम गर्न बिमा कम्पनीका प्रदेश तथा शाखा प्रमुखहरूलाई निर्देशन दिए ।

कार्यक्रममा बिमा कम्पनीका प्रदेश र शाखा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले बिमा अभिकर्ता एक बीमकबाट अर्कोमा जानपाउने प्रावधानबाट असहजता भोग्नुपरेको, सम्पत्ति बिमामा उच्च र न्यून जोखिम दुवैलाई एकै किसिमको बिमादर रहेको गुनासो रहेको, जीवन बिमालेखबाट बिमा कर्जा लिन कठिन भएको, लघुबिमामा टिकट दस्तूर बढी भएको, लघुबिमामा नयाँ बिमालेखको अभाव देखिएको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफमा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा अभिकर्ताको सिस्टम निर्माणको क्रममा रहेको जानकारी दिँदै प्राधिकरणबाट जारी निर्देशिका बमोजिम काम गर्न निर्देशन दिए।

नेपाल बिमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले सञ्चालन गरेको कार्यक्रममा रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नाराण बाबु लोहनी, नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीका प्रदेश र शाखा कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्