Shikhar Insurance
National Life

पाेखराकाे चिप्लेढुङ्गामा मुक्तिनाथ क्यापिटलको नयाँ शाखा

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १२:२१
Hyundai
NCELL
NIMB

पोखरा । मुक्तिनाथ क्यापिटल लिमिटेडले पोखराकाे चिप्लेढुङ्गामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मुक्तिनाथ विकास बैंकका उपभोक्ता बैंकिङ प्रमुख, बाबुराम ढकाल र मुक्तिनाथ विकास बैंकका संस्थापक सेयरधनी नवीन ढकालले संयुक्त रूपमा गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकाल, सहायक प्रदेश प्रमुख शङ्कर केसी तथा मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा प्रबन्धकहरूका साथै बैंकका अन्य कर्मचारी तथा लगाानीकर्ताहरुको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्यापिटलले उक्त शाखाको सञ्चालनसँगै चिप्लेढुङ्गा, पोखरामा आउने ग्राहकहरुको लागि आजीवन डिम्याट खाता तथा मेरो सेयर खाता नवीकरण २५ प्रतिशत छुट गरी मात्र १ हजार ४ सय ९९ रूपैयाँमा र लगानी व्यवस्थापन सेवाको वार्षिक शुल्कमा ५० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्