काठमाडैं । ह्वावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एसियाका शिक्षामन्त्रीहरूको संगठन (सीमइयो) ले ’सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ । ह्वावेको पहलमा एसिया–प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिका लागि’ कनेक्ट, कल्टिभेट, कन्ट्रब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एसिया प्यासिफिक देशका ९१ बहुप्रतिभाशाली सहभागीहरुले ‘सिड्स फर द फ्युचर समिट–२०२३’ मा भाग लिएका छन् ।
नेपालका चार विजेता कुल १९ देशबाट ९१ सहभागीसँग ‘सिड्स फर द फ्युचर समिट २०२३’ मा सहभागी भएका छन् । यस शिखर सम्मेलनमा प्रविधि र सांस्कृतिक आदानप्रदान कार्यक्रम, ह्वावेको विश्वस्तरीय अनुसन्धान र विकास केन्द्र र मुख्यालयहरूको भ्रमणका साथै परम्परागत र आधुनिक चीनको अनुभव समावेश छ।
ह्वावे एसियाप्या सिफिकका अध्यक्ष साइमन लिनले भने, “ह्वावेले ’सिड्स फर द फ्युचर समिट’ आयोजना गरेको यो तेस्रो वर्ष हो । हरेक वर्ष, हामी केही नयाँ, थप साझेदारहरू सामेल भएसँगै यस कार्यक्रम फस्टाएको देख्न सक्छौं, तथा पियसमा साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण गरि तीन कुराहरू अपरिवर्तित छन् ।
शिखर सम्मेलनको मुख्यभागको रूपमा, ह्वावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशिया–प्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका छ वटा प्रमुख क्षेत्रहरू- आइसिटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमतानिर्माण, युवती तथा युवा सशक्तीकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए ।
आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलद्वारा समापन गरिएको थियो । कार्यक्रममा नेसनल युनिभर्सिटी अफ सिङ्गापुरका विज्ञहरू, ह्वावे र ‘सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलितप्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रका भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमताअभिवृद्धि गर्ने र आजीवनयी कौशलको उपयोग गर्ने तरिकामागहिरो प्रकाश परेको थियो ।
प्रतिक्रिया दिनुहोस्