काठमाडौं । डिटिएच सेवा प्रदायक डिसहोमले दसैं-तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको छ ।
यस अभियानअन्तर्गत डिसहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद १ लाख रूपैयाँ प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन् ।
त्यस्तै, यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद १० लाख रूपैयाँ, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिसहोमको नयाँ कनेक्सन वा डिसहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।
डिसहोमका प्रवक्ता रजत थापा भन्छन्, ‘रमाइलो दसैँ-तिहार चाडपर्वमा वर्षौंदेखि हामीलाई साथ दिइरहनु भएका हाम्रा ग्राहकहरू समक्ष उत्कृष्ट मनोरञ्जन प्रदान गर्दै सुपरस्टार बन्ने रोमाञ्चक मौका प्रदान गर्न पाउँदा हामी उत्साहित छौँ । हामी आशा गर्छौं कि यो अभियानले उहाँहरूको पर्वमा थप चमक थप्नेछ ।’
सुपरस्टारको छनोट हरेक साताको सोमबार डिसहोमको सोकेस, सरोकार टिभी, रमाइलो टिभी, डिसहोमको आधिकारीक फेसबुक पेज र नेसनल टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण गरिनेछ । ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान असाेज १, २०८० देखि सीमित अवधिको लागि नेपालभर लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्