Shikhar Insurance
National Life

हिमालयन बैंकका ग्राहकलाई १६० भन्दा बढी स्थानमा छुट

सिंहदरबार संवाददाता
२०८० आश्विन ४, बिहीबार १५:००
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले आफ्नो ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले, आफ्ना सम्पूर्ण ग्राहकहरूलाई काठमाडौं, पोखरा, चितवनका लगायतका देशका विभिन्न १ सय ६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकका ग्राहकहरूले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेस्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपाङ्ग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजमलगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर राख्दै अधिकतम २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले विल लिनु भन्दा पहिला नै आफू हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय ९डेबिटरक्रेडिट कार्ड, चेक बुक० प्रस्तुत गरेमा उक्त स्थानहरूबाट निर्धारित छुट पाउने छन् ।

ग्राहकवर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंकको आधिकारीक वेबसाइटमा गई हेर्न सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्