Shikhar Insurance
National Life

सनराइज क्यापिटलद्वारा पुँजी बजारसम्बन्धी सारक्षरता अभियान सञ्चालन

सिंहदरबार संवाददाता
२०८० आश्विन ४, बिहीबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडाैं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रालिको सहकार्यमा, पुँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तीकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर सराहनीय कदम चालेको छ । भदौ २४ गतेदेखि २७ गतेसम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश सुर्खेत र धनगढी सुदूरपश्चिम प्रदेशका विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रमबाट सन्राइज क्यापिटल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र सेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त कार्यक्रम भदाै २४ गते आइतबार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए कलेज) र २५ गते साेमबार ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो, जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका विद्यार्थीहरू सो कार्यक्रमबाट लाभान्वित भएका थिए। यस्ता कार्यक्रमहरुले विद्यार्थी वर्गहरुलाई पुँजी बजारको शुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने यो कम्पनीको थम्याइ रहेको छ ।

सनराइज क्यापिटलको पुँजी बजार लगानी सचेतना कार्यक्रम भदाै २६ गते मंगलबार प्रदेश ५ नेपालगञ्जस्थित बाँके बागेश्वरी क्याम्पसका गैर–व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका विद्यार्थीहरूलाई पुँजी बजारका विषयवस्तुकाबारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्देश्यले आयोजना गरेको थियो । उक्त कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञान बीचको अन्तरलाई न्युन गर्न फलदायी रहेको बुझिन्छ ।

साथै भदाै २७ गते बुभबार कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिए ।

सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे । कार्यक्रममा सुर्खेत शाखाका शाखा प्रबन्धक श्रीमती सुष्मा गिरीको नेतृत्वमा लक्ष्मी सनराइज बैंकको प्रेरणादायी प्रतिनिधित्व पनि रह्यो ।

यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराइज क्यापिटल सदा अग्रसर रहेको सनराईज क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख विजय लाल श्रेष्ठले जनाए।

यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्