Shikhar Insurance
National Life

आज देशभर ठुलाे पानी पर्ने

सिंहदरबार संवाददाता
२०८० आश्विन ४, बिहीबार ०८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । आज बिहिबार देशभर ठूलो पानी पर्ने भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित रहेकोले देशभर पानी पर्ने मौसम पूर्वानुमान् महाशाखाले बताएको हो ।
महाशाखाका अनुसार हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी  प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशहरुको केहि स्थानमा भारी वर्षाको संभावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्