Shikhar Insurance
National Life

विद्यालय बन्द गरेर आन्दोलन जाने शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। उनले भने, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए।

यसअघि पनि काठमाडौं महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि  पनि दिइएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्