Shikhar Insurance
National Life

सूर्यविनायकदेखि रत्नपार्क पुग्ने द्रुत बस सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार ११:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आज बुधबारबाट काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर आज काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका हुन् ।

द्रुत बस सेवा सूर्यविनायक–रत्नपार्क चल्नेछ । द्रुत बस सेवा आज उद्घाटन भए पनि सर्वसाधारण यात्रुको लागि भने बिहीबारबाट मात्रै सञ्चालनमा आउनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उद्घाटनको दिन द्रुत सेवाका बसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, वागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहलगायतले यात्रा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्