न्यूयोर्क । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको नेतृत्व गर्दै न्युयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गरेकी छन् ।
मंगलबार राष्ट्रसंघका लागि अतिकम विकसित देशहरू तथा भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गरेकी हुन् ।
न्युयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुवैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्