Shikhar Insurance
National Life

सेयर धितो कर्जाको सिमा २० करोड बनाउने प्रस्ताव, गभर्नरले भने-‘छलफल गरौंला’

सिंहदरबार संवाददाता
२०८० आश्विन ३, बुधबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर धितो कर्जाको सीमालाई २० करोड बनाउने औपचारिक प्रस्ताव अघि बढेको छ । मंगलबार अर्थमन्त्री डा. प्रकाश शरण महतको नेतृत्वमा बसेको उच्चस्तरीय वित्तीय समन्वय समितिको बैठकमा सेयर धितो कर्जाको सिमासम्बन्धी विषयमा छलफल भएको हो ।

अर्थमन्त्री डा. महत, योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अर्थमन्त्रीका सल्लाहकार सम्मिलित बैठकमा समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा छलफल भएको थियो । अर्थतन्त्र चलायमान बनाउनका लागि सबैभन्दा पहिले सेयर बजारका लगानीकर्ताहरुको मनोबल उकास्नु आवश्यक रहेको धारणाले बैठकमा महत्व पाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘समग्र अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा गहन छलफल भयो, त्यसका लागि सेयर बजारका लगानीकर्ताको मनोबल उकास्न आवश्यक रहेको बिषयले महत्व पायो, सेयर धितो कर्जाको सिमालाई १२ करोडबाट २० करोड बनाउनुपर्ने प्रस्ताव आएको थियो’, बैठकमा सहभागीक एक अधिकारीले सिंहदरबारसँग भने ।

स्रोतका अनुसार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सेयर धितो कर्जाको सिमालाई २० करोड बनाउनुपर्ने औपचारिक प्रस्ताव गरेका थिए । सो प्रस्तावमा अर्थमन्त्रीले सकारात्मक रुपमा लिएको पनि स्रोतले बतायो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने सेयर धितो कर्जाको सिमा बढाउने सम्बन्धी बिषयमा राष्ट्र बैंकले आवश्यक अध्ययन गर्ने र धितोपत्र बोर्डसहितका सरोकारवालाहरुसँग छलफल गर्ने बताएका थिए ।

‘अर्थतन्त्रलाई सन्तुलित र दिगो हुने गरी चलायमान बनाउनुपर्नेछ, राष्ट्र बैंकले राष्ट्रिय, अन्तराष्ट्रिय परिवेश र आवश्यकता हेरेर काम गरिरहेको छ, थप सुधारका लागि छलफल गर्छाैं’, गभर्नर अधिकारीको भनाइलाई उदृत गर्दै स्रोतले सिंहदरबारलाई भन्यो । गभर्नर अधिकारीले सेयर धितो कर्जाको सिमाबारे नेपाल धितोपत्र बोर्डसँग आवश्यक छलफल गर्ने पनि बताएका थिए ।

बोर्डका अध्यक्ष हमालले संस्थागत लगानीकर्ताहरुका लागि सेयर धितो कर्जाको सिमा अझै बढाउन सकिने धारणा पनि राखेका थिए । उनले केही दिनभित्रै मार्जिन ट्रेडिङ कार्यविधि ल्याउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । साथै, ब्रोकर कमिसनसमेत केही दिनभित्रै घटाउने तयारी भइरहेको जानकारी उनले दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्