काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरुको प्रतिफल घोषणा गरेका छन् । ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फण्ड एल–१’ ले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश घोषणा गरेका हुन् ।
यी दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कर सहित १५ प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।
यी योजनाहरुको लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार असोज १२ गते शुक्रबार एक दिनका लागि बुक क्लोज गर्ने भएका छन्। सोहि अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्